काठमाडौँ – विराटनगर महानगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । शनिबार भएको मतदानमा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर कार्यपालिकाको महिला सदस्यमा नेकपा एमालेकी कमला श्रेष्ठले ५४, खुश्वु विश्वकर्माले ५२, तारा कुमारी रायले ५३, सम्तली देवी विश्वासले ५५ र सरिता घिमिरे ९नेपाल० ले ५३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यसैगरी दलित तथा अल्पसंख्यक तर्फ भने स्वतन्त्रका ओमप्रकाश कुमार साहले ५५, सन्जीवकुमार साहले ५२ र एमालेका दिपक कुमार कर्णले ५३ मत प्राप्त गरी विजयी भएका हुन् । विराटनगर महानगरपालिकामा कुल ४३ सिट मात्रै रहेको एमालेले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कार्यपालिकामा भने बहुमत कायम गरेको छ ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर र ६ वडाध्यक्षसहित ४० जना नगर सभा सदस्य जितेको छ ।
जनता समाजवादीले दुई वडाध्यक्षसहित १० जना, स्वतन्त्रले एक वडाध्यक्षसहित ३ र राप्रपाका १ वडाध्यक्ष निर्वाचित भएका थिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - निर्वाचन आयोगले चुनावको खर्च सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक खर्त विवरण अनुसार निर्वाचन २०७९ मा ५ अर्ब ४ करोड ३...
काठमाडौँ - बाजुराको बूढीगंगा नगरपालिकामा कडा सुरक्षाकाबीच निर्वाचन सम्पन्न भएको छ। सबै मतदान केन्द्रमा बिहान ७ बजेबाट सुरु भएर पाँच बजेसम्म मतदान सम्पन्न भएको मुख्य...
गत २४ माघमा सरकारले स्थानीय तह निर्वाचन मिति (३० वैशाख २०७९) घोषणा गरेपछि निर्वाचन आयोगका पदाधिकारीहरूले गरेको निर्णय थियो– आफ्नै भत्ता बढाउने। प्रमुख निर्वाचन आयुक्तसहित...
भादगाउँ - जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत...
पोखरा - पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी...