• शनिबार, १५ बैशाख, २०८१
  • ०४:११:२४
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

त्रियुगामा काँग्रेसको जित, २६ वर्षपछि तोडियो एमालेको किल्ला

नेपालमत

सोमबार, १६ जेठ, २०७९

काठमाडौँ - उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी भएको छ । काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित हुनुभएको हो । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत मात्र ल्याउनभयो । 

यस्तै  नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गर्नुभयो । 

उपमेयरमा एमालेकी महेश्वरी राई विजयी हुनुभएको छ । उहाँले १३ हजार ७ सय ३ मत प्राप्त गर्नुभयो । त्रियुगामा काँग्रेसले ९, एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ । 

२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved