दोलखा- दोलखामा जेठ मसान्तसम्म ९२५ मेट्रिकटनभन्दा बढी मल भित्रिएको छ ।
जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्याङ्क रहेको शाखाका प्रमुख नवराज महतले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा उक्त परिमाणअनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्ति भइसकेको छ ।
नेपाल सरकारले कृषकका लागि दिएको अनुदान अनुसार युरिया मल ५० केजीको प्रतिबोरा रु ८२४, डिएपी ५० केजीको प्रतिबोरा रु दुईहजार २८९, पोटास ५० केजीको प्रतिबोरा रु एक हजार ६६५ र कृषि चुन २५ केजीको प्रतिबोरा रु १८५ ले बिक्री गर्नेगरी मल जिल्ला भित्रिएको हो ।
अनुदानमा मल वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय संयन्त्र खारेज भएपछि हाल उक्त काम पालिका उपप्रमुख वा उपाध्यक्ष संयोजक रहनेगरी समितिलाई जिम्मा दिइएको छ ।
दोलखामा हाल ३९ वटा सहकारी सङ्घसंस्थाले अनुदानको मल ल्याउने जिम्मा पाएका छन् । जिल्लामा ९२५ मेट्रिकटन मल भित्रिए पनि कृषकले मागअनुसार मल पाउन नसक्दा मलको अभावसँगै कालोबजारी मौलाएको कृषकको गुनासो छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसर पारेर 'धान खेती कर्जा' ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी...
बर्दिया - 'उन्नत प्रबिधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौँ' भन्ने उद्देश्य राखेर बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्रीमा कृषि सामग्री मेला आयोजना गरिएको छ । जेष्ठ १८ र...
चितवन - पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा...
काठमाडौं - दुधको पैसा नपाएको भन्दै देशभरका किसान आन्दोलनमा उत्रिएका छन् । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी...
नेपालगञ्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित शम्शेरगंज बजार नजिकैको खेल मैदानमा कृषि सामग्री मेला गरिएको छ । यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ...