उड्ने सपना देख्नेहरू पखेटा हाल्न सक्नुपर्छ ।
अधिकारको फल चाख्न कर्तव्यको विउ रोप्नुपर्छ । ।
टिपेर दिँदैन कोही फल यहाँ आफैले रुख चढ्नु पर्छ ।
पैंठेजोरी खोज्छन् अड्चनहरू पलपल, हिम्मतको बाटो मोल्नुपर्छ । ।
नबिर्स जन्म एक्लै, मृत्यु एक्लो हुनेछ ।
जति समय छ यो धर्तिमा सद्भाव स्नेह छर्नुछ । ।
मतलवी विचारको यो रित्तो गाग्रोलाई ।
आफ्नोपन करुणा र ममताले भर्नुछ । ।
उड्ने सपना देख्नेहरु पखेटा हाल्न सक्नुपर्छ ।
अधिकारको फल चाख्न कर्तव्यको विउ रोप्नुपर्छ । ।
घोप्ट्याई राख आशाको ढक्कन, तिमीलाई निराश हुनपर्न सक्छ ।
एक्लै कर्म गर्ने अठोट गर, जिन्दगी खुसीले भर्न सक्छ । ।
दोष कसैलाई नदेऊ, स्वीकार आफ्नो यथार्थलाई ।
जति छिटो बुझे उति सरल जीवनको बास्तविक अर्थलाई ।।
उड्ने सपना देख्नेहरू पखेटा हाल्न सक्नुपर्छ ।
अधिकारको फल चाख्न कर्तव्यको विउ रोप्नुपर्छ । ।
विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा ग्रामीण जनजीवनको छनक पाइन्छ, प्राकृतिक सौन्दर्यको बखान भेटिन्छ । जीवनका भोगाइ, अनुभूति, समाजका तस्वीर र पुरुष सोचले निर्माण गरेका सामाजिक परिदृश्य उहाँका रचनामा प्रशस्त भेटिन्छन् । अखबारी लेखन र वाचनमा समेत रुचि राख्नुहुने शीतलका गीत, गजल र कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । निजामती सेवामा कार्यरत शीतल कार्यालय र घरको जिम्मेवारीबाट बचेको समय साहित्य लेखनमा खर्चिन रुचाउनुहुन्छ । शीतलका रचनालाई पाठक समक्ष पुर्याउने नेपालमतको स्तम्भ शीतल कुञ्ज मा उहाँको मधुर स्वरका रचना वाचन सुन्न र पढ्न सकिन्छ । - सम्पादक
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
एमालेका सचिव योगेश भट्टराईले आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अब सन्यास लिए हुने भनेर दिएको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीका कार्यकर्ताले आलोचना गरेका थिए। एकीकृत समाजवादीको...
सके राम्रो गरौं, नसके नराम्रो पनि नगरौं विद्यालयदेखि नै कविता, गीत, गजल लेखन तथा नृत्य र गायनमा रुचि राख्ने शीतलको बाल्यकाल गुल्मीको ग्वादी वरपर बित्यो । त्यसैले, उहाँका रचनामा...
महानायक राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउनु भएको छ । हमालले आफ्नो ५८ औं जन्मदिनलाई २१ औं जन्मदिन भनेर मनाउनु भएको छ । उहाँले २१ बर्षनै लेखिएको केक समेत काट्नु भयो । https://www.nepalmat.com/content/25905 ...
प्रकृति पूजक किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा साकेला नाच्दै भव्यताका साथ उभौली पर्व मनाएका छन् । ...