• मंगलबार, १४ असार, २०७९
  • १८:१४:१५
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

२३० पालिकाको परिणाम आउँदा कांग्रेस १०६ र एमाले ६० पालिकामा विजयी, माओवादी कति ?

नेपालमत

मंगलबार, ३ जेठ, २०७९

काठमाडौं-  स्थानीय तह निर्वाचनको मंगलबार  विहान सम्मको २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ। 

अहिलेसम्म कांग्रेसले १०६ पालिका प्रमुखरउपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ। 

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि केही पालिकामा जित हात पारेका छन्। 

कांग्रेसले अहिलेसम्म जितेका १०६ पालिकामध्ये ३९ मा गठबन्धन गरेको छ। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal