• बिहीबार, १३ बैशाख, २०८१
  • १३:२२:१६
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९ / कर्णाली प्रदेश

कालिकोटको तिलागुफाको मेयरमा कांग्रेसका शङ्करप्रसाद उपाध्याय विजयी

नेपालमत

सोमबार, २ जेठ, २०७९

कालिकोट - कालिकोटको तिलागुफा नगरपालिकाको मेयरमा कांग्रेसका शङ्करप्रसाद उपाध्याय विजयी हुनु भएको छ । 

कांग्रेसका युवा नेता उपाध्यायले २ हजार ९ सय १६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५ सय ४० मत ल्याउनु भयो । 

मेयरमा निर्वाचित उपाध्याय कांग्रेस कालिकोटको उपाध्यक्ष रहिसक्नु भएको छ । 

उपमेयरमा नेकपा एमालेका महेन्द्रबहादुर शाहीले २ हजार ७ सय ५६ मत ल्याएर विजयी हुनुभएको छ । 

तिलागुफा नगरपालिका माओवादी केन्द्रको गढ मानिन्थ्यो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved