ताजा

  • शुक्रबार, २७ असार, २०८२
  • ०५:११:३२
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्य उठेका मानबहादुर लिम्बू पराजित 

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौँ - तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार भएका मानबहादुर लिम्बू पराजित हुनुभएको छ । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा ३ हजार ८७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बू यस पटक भने वडा सदस्यमै पराजित हुनुभएको हो । 

गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिई जिल्ला समन्वय समितिको नेतृत्व लिनेगरी ७ नम्बर वडाको खुल्ला सदस्यमा उम्मेदवार बन्नुभएको थियो ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved