• मंगलबार, १४ असार, २०७९
  • १७:१५:५५
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

भरतपुरमा फेरि रेणु अघि

नेपालमत

सोमबार, २ जेठ, २०७९

चितवन - भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ५ हजार ३९ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वीलाई पछि पार्नुभएको छ । 

मेयर लागि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने ५ हजार २७ मत पाउनुभएको छ ।
 
१५ हजार ३१ मत गणना गर्दा रेणुले १२ मतले विजयलाई उछिन्नुभएको हो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३ सय ५५ मत ल्याउनुभएको छ ।

उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३  र राप्रपा हिमला गुरुङले ४ हजार ४२ मत ल्याएका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal