• बिहीबार, १३ बैशाख, २०८१
  • १०:४४:११
  • नेपालीको अभिमत

स्थानीय निर्वाचन-२०७९

काठमाडौँको ताजा मत परिणाम सार्वजनिक :बालेनको ७ हजार ५३४, कसले कति मत पाए ? 

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनको अझै अग्रता कायमै छ । 

सोमबार साँझा प्राप्त अपडेट अनुसार स्वतन्त्र पदका बालेनले ७ हजार ५ सय ३४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापित ३ हजार ९ सय ४२ मतमा खुम्चिएका छन् । कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । 

काठमाडौं कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने ठाउँ हो । उनीहरुको संगठन बलियो पनि छ । तर, यो चुनावमा आइरहेको मत परिणाम भने निकै रोचक छ

यस्तो छ कि जित्छु भन्ने दुई ठूला दललाई स्वतन्त्र उम्मेदवार बालेनले कै मतान्तरले अग्रता कायम गरिरहेका छन् । 

स्वतन्त्रबाट उम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका बालेनमाथि सहानुभूति नै ओइरियो काठमाडौंबासीको । उनले चुनाव चिन्ह लौरो लिएर स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । मतगणनाको सुरु भएदेखि नै बालेले अग्रता कायमै राखेका छ्न् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved