ताजा

  • मंगलबार, ३ जेठ, २०७९
  • ०६:३२:०२
  • नेपालीको अभिमत

खेतीकिसानी

बागलुङका १४५ कृषकलाई ८१ लाख अनुदान

नेपालमत

मंगलबार, ४ माघ, २०७८


बागलुङ-कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन सुरु गरेको छ । 

गण्डकी प्रदेशकोअन्तर्गत बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८\७९ स्वीकृत गरेको अनुदानमध्ये २३ कृषकका फार्मलाई क्षेत्रफलका आधारमा अनुदान स्वीकृत गरेको छ ।

केन्द्रले क्षेत्रफलका आधारमा अनुदानसँगै कृषिमा यान्त्रिकीकरण, रैथाने बाली प्रवद्र्धन, स्थानीय कृषि उपज सङ्कलन केन्द्र (हाटबजार), फलफूल बगैँचा सुधार, साना सिँचाइ कार्यक्रम र फलफूल नर्सरी स्थापनाका लागि १४५ कृषक, फार्म, सहकारी तथा समूहलाई रु ८१ लाख ७५ स्वीकृत भइसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ  ।

कृषि ज्ञान केन्द्रले क्षेत्रफलका आधारमा यस वर्ष २३ कृषकलाई रु आठ लाख अनुदान दिन थालेको छ । कृषकले खाली जग्गामा लगाएको तरकारी तथा फलफूललाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान, टनेलभित्र लगाएपछि १०० वर्गफिटको रु तीन हजारका दरले अनुदान दिन थालेको बताइएको छ ।अनुदानमा लापरवाही नहोस् भन्नका लागि तरकारी तथा फलफूल लगाएको क्षेत्रफल नापेर अनुदान दिन थालिएको हो । यससँगै जिल्लाका चार स्थानमा कृषि उपज सङ्कलन केन्द्र, ६८ जनालाई कृषियन्त्र, रैथाने बाली प्रवद्र्धन, फलफूल नर्सरी स्थापना र फलफूल बगैँचा सुधारलगायत कार्यक्रमका ११९ किसान, फार्म, सहकारी तथा समूहलाई अनुदान दिन थालिएको छ ।

अहिले अनुदानका लागि धमाधम सम्झौता भइरहेको छ । गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत अनुदान दिने कार्यक्रम सुरु भए पनि सङ्घीय सरकारका लागि अनुदान स्वीकृतका लागि फार्म, सहकारीहरूको अध्ययन भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी तथा बागबानी विकास अधिकृत कुमार पुन मगरले जानकारी दिनुभयो ।  
 
मगरका अनुसार फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका सिगानाको गाउँबेँसी पोल्टीफार्म, तित्याङको गैराफाँट फलफूल तथा नर्सरी, जैमिनीको पाही कृषि तथा पशुपक्षी फार्म र कुडुलेको कुडुले कृषि फार्मलाई रु एक लाख ५० हजारका दरले अनुदान स्वीकृत गरिएको, रैथाने बाली प्रवद्र्धनका लागि विनियोजन भएको रु चार लाख बजेटबाट रेशको बैनथाना कृषि समूह, लेखानीको पसल टोल कृषक समूह, गलकोटको घुम्टे महिला कृषक समूह, गकोटकै व्यावसायिक कृषि उत्पादन तथा वितरण केन्द्र र ढोरपाटनको सिमलचौर कृषि तथा पशुपक्षी कृषक समूहले अनुदान पाएका छन् । 

यस्तै रु १५ लाख बजेट विनियोजन भएको कृषि उपज सङ्कलन केन्द्रबाट चार समूहले अनुदान पाएका छन् । अनुदान पाउनेमा गुहेली सञ्चार सहकारी, देवीस्थान बहुउदेश्यीय सहकारी, गणेश कृषि सहकारी र दगातुन्डाँडा कृषि सहकारीलाई स्वीकृत गरिएको छ । यस्तै साना सिँचाइ कार्यक्रमअन्तर्गत विनियोजन भएको रु ३६ लाख  बजेटबाट २६ समूहले रु ५० हजारदेखि दुई लाखसम्मको अनुदान पाउने भएका छन् । 

यस्तै व्यावसायिक फलफूल बगैँचा सुधार कार्यक्रमअन्तर्गत १५ किसानले रु २५ हजारका दरले अनुदान पाउन थालेका छन् । यस्तै कृषि यन्त्रिकीकरणअन्तर्गत मिनीटेलर हलो, कुटानी पिसानी र  कटरलगायतमा अनुदान दिन थालिएको छ । वास्तविक किसान, यसअघि अनुदान नपाएका, व्यावसायिकरूपमा सफल भइसकेका जस्ता मापदण्डका आधारमा योजना स्वीकृत गरेर अनुदान दिन थालिएको छ । रासस
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    एउटै फार्मका एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

    चितवन- पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।  ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु...

  • नेपालमत

    हावाहुरीबाट ५ करोड बराबरको केरा खेती नष्ट

    बारा- हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ ।  बाराको निजगढ नगरपालिकामा पानीसँगै आएको हावाहुरीले लगाइएको केरा बोटैदेखि ढल्दा पाँच करोडको क्षति भएको...

  • नेपालमत

    स्याउका बिरुवा बिक्री नभए पछि उखेल्दै जलाउदै

    जुम्ला-  स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । बिरुवा...

  • नेपालमत

    कृषिमा लगानी वृद्धि गर्न माग

    काठमाडौं- गठबन्धनमा आबद्ध किसान सङ्गठनले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरणका साथै खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न माग गरेका...

  • नेपालमत

    वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

    महोत्तरी- लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ ।  चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal