ताप्लेजुङ– ताप्लेजुङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएको छ ।
चालु आर्थिक वर्षदेखि जिल्लाको ६१ वडामध्ये २० वटामा यो कार्यक्रम पहिलोपटक लागू भएको हो । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सन्तोष भट्टराईको संयोजकत्वमा नौ सदस्यीय सञ्चालन समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा बालकुमारी कार्की भट्टराई, यज्ञकुमारी पौडेल, कुमारी न्यौपाने, जीवन सिग्देल, दीपक थापा, रञ्जित माबो लिम्बू र कमलकुमार राई रहनुभएको छ ।
जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकासहित सिदिङ्वा गाउँपालिका, मिक्वाखोला, पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिकासमेत पाँच स्थानीय तहका २० वटा वडामा मकै जोन कार्यक्रम कार्यान्वयन गरिने छ । पहिलो वर्ष उक्त वडाका ४७५ हेक्टर क्षेत्रफलमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालयले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
चितवन- पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु...
बारा- हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । बाराको निजगढ नगरपालिकामा पानीसँगै आएको हावाहुरीले लगाइएको केरा बोटैदेखि ढल्दा पाँच करोडको क्षति भएको...
जुम्ला- स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । बिरुवा...
काठमाडौं- गठबन्धनमा आबद्ध किसान सङ्गठनले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरणका साथै खाद्य तथा कृषि क्षेत्रको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न माग गरेका...
महोत्तरी- लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका...