कञ्चनपुर–जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पुर्याएको छ ।
चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान खाएर क्षति पुर्याएको हो । “दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं” स्थानीय किसान राजकुमार चौधरीले भन्नुभयो, “हात्तीका बथानले पूरै धानका बाला खाएको छ । निकै नोक्सानी भयो ।”
उहाँका अनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्थ्यो । हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ । छ देखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्याएको छ ।
यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसँगै मनोज बिष्टको केरा बारी, सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत क्षती पुर्याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
“तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर किसानले गरेका छन्” उहाँले भन्नुभयो, “अनुगमनका लागि जाँदैछौँ । के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ ।”
धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ । रासस
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसर पारेर 'धान खेती कर्जा' ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी...
बर्दिया - 'उन्नत प्रबिधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौँ' भन्ने उद्देश्य राखेर बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्रीमा कृषि सामग्री मेला आयोजना गरिएको छ । जेष्ठ १८ र...
चितवन - पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा...
काठमाडौं - दुधको पैसा नपाएको भन्दै देशभरका किसान आन्दोलनमा उत्रिएका छन् । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी...
नेपालगञ्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित शम्शेरगंज बजार नजिकैको खेल मैदानमा कृषि सामग्री मेला गरिएको छ । यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ...