डाेल्पा–डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ ।
यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् ।
उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताउनुभयो । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिनुभयो ।
यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उहाँको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षमा छवटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईवटा प्रयोगमै ल्याउन नसकिएको उहाँले बताउनुभयो । स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस)समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ ।
अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उहाँले बताउनुभयो । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउनुहुन्छ ।
त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अङ्गुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताउनुभएको थियो । उहाँहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गर्नुभएको थियो ।
सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ ।
जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ । रासस
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसर पारेर 'धान खेती कर्जा' ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी...
बर्दिया - 'उन्नत प्रबिधिको पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौँ' भन्ने उद्देश्य राखेर बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्रीमा कृषि सामग्री मेला आयोजना गरिएको छ । जेष्ठ १८ र...
चितवन - पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा...
काठमाडौं - दुधको पैसा नपाएको भन्दै देशभरका किसान आन्दोलनमा उत्रिएका छन् । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी...
नेपालगञ्ज - बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित शम्शेरगंज बजार नजिकैको खेल मैदानमा कृषि सामग्री मेला गरिएको छ । यूएसएडको आर्थिक सहयोग तथा राप्तीसोनारी गाउँपालिका र उद्योग वाणिज्य महासंघ...