काठमाडाैं–आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८।२४ बिन्दुले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा करेक्सन भई तीन हजार ५०।४२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।९३ बिन्दुले ओरालो लागेर ५७१।१० मा ओर्लेको छ ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कूल २२३ कम्पनीको तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ४३।५, विकास बैंक ३४।३८, अन्य १०।५१, सामूहिक लगानी कोष ०।२६ र लगानी ०।१५ बिन्दुले घटेको छ ।
व्यापार ५५।०४, होटल तथा पर्यटन १४।१६, जलविद्युत् १०२।६५, वित्त ६५।५३, निर्जीवन बीमा १४।९३, उत्पादन ८४।६८, लघुवित्त ९८।१, जीवन बीमा ६८।०७ बिन्दुले बढेको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ४२ खर्ब ४३ अर्ब २९ करोड ४७ लाख १० हजार बराबर पुगेको छ । कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रहेको छ । सा कम्पनीको रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ३३ करोड ५६ लाख ५२ हजार ९०९, एनआइसि एशिया बैंक रु ३३ करोड ४१ हजार ६५ हजार ५७५, कृषि विकास बैंक रु ३२ करोड ८५ लाख ९२ हजार ३३३ र नेपाल बैंक रु ३२ करोड ३१ लाख १५ हजार ६७६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । एनआइसि एशिया ऋणपत्र ७।२२, पोखरा फाइनान्स ५।२०, सनराइज प्रस्ट म्युचुअल फण्ड ४।०१, सनराइज बैंक ३।९० र लक्ष्मी बैंकका लगानीकर्ताले ३।६७ प्रतिशतले गुमाए । रासस
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - भारतबाट पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ । निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि...
लुम्बिनी - नेपाल भारत सहयोगात्मक सम्बन्धको प्रतीकका रुपमा ४९० मेगावाट क्षमताको अरुण चौथो जलविद्युत आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतीय...
काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत विहिबारको तुलनामा आज सुको मुल्य प्रतितोला १३०० रुपैयाँले घटेको हो । गत विहिबार प्रतितोला ९७ हजार ८००...
काठमाडौं- नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय...
अन्तराष्ट्रिय स्तरमा तेलको मूल्यमा गिरावट आएको छ । कारोबार गर्ने बे्ररन्ट क्रुड बुधबारको तुलनामा बिहीबार १.२ प्रतिशतले घटेर १०५.२५ डलर प्रति ब्यारल कायम भएको छ । अमेरिकी...