काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट बारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले विगतमा गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको भनी अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले सो प्रकरणको छानबिन हुनुपर्ने माग गरेका हुन् ।
उनले भने- 'गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको हो भनी सिंगो कांग्रेसलाई नै बदनाम गर्नेगरी एउटा आरोप लागेको थियो । यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन तिनले छुट पाउन हुँदैन । यो आरोपको छानविन गरियोस् । नक्कली भुटानी शरणार्थीको प्रकरणमा पनि त्यही हो, निर्दोष कोही फस्न हुँदैन, दोषी कोही उम्किन हुँदैन ।'
महामन्त्री शर्माले पुर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा फाइल नखोलेर हल्ला मात्र गरेको भन्दै आरोप लगाए । साथै शर्माले नयाँ गृहमन्त्रीलाई स्टन्ट नगरिकन, कसैको पक्षमा नलागी काम गर्न सुझाव दिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...