काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।
योसँगै ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
मन्त्रीहरुको सूची:
१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२- विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४- रमेश लेखक – गृह
५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६- आरजु राणा – परराष्ट्र
७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५- मानवीर राई – रक्षा
१६- दीपक खड्का – ऊर्जा
१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८- ऐनबहादुर शाही – वन तथा वातावरण
१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०- प्रदीप यादव – खानेपानी
२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...