काठमाडौं - सत्ता परिवर्तनको पछिल्लो सरगर्मीले सोमबार मध्यराती टुंगो पाएको छ । दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले वीच सत्ता साझेदारी हुने भएको छ ।
संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा सुधार गर्ने लगायत एजेन्डालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । दुवै पार्टी वीच सम्झौतामा हस्ताक्षरको तयारी भएको दुवै पार्टी स्रोतले पुष्टि गरेका छन् ।
पहिलो पालोमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने र बाँकी चुनावी कार्यकालको नेतृत्व कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी दुई पार्टी सहमतिमा पुगेका हुन् । यी सबै विषयको सहमतिको खाका भने दुवै पार्टीका दोस्रो तहका नेताको पहलमा तय भएको हो ।
कांग्रेस र एमालेका दोस्रो तहका नेताले लामो समयदेखि गृहकार्य गरिरहेका भए पनि असार १५ गते शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा ३ घण्टा लामो छलफलपछि दुई दलबीच सहमतिका लागि बतावरण बनेको हो ।
दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको कांग्रेसका एक नेताले बताए।
एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएको स्रोतको भनाई छ । संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा 'संविधान संशोधन सुझाव समिति' बनाउने तयारी गरिएको बताइएको छ ।
एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने बारेमा छलफल भएको वुझिएको छ । यस्तै कांग्रेस एमालेले तीनतीन प्रदेशमा मुख्यमन्त्री लिने र एक प्रदेशमा मधेसी दललाई मुख्य मन्त्री दिने खाका तय गरिरहेको स्रोतको भनाई छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...