नेपालगञ्ज - बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य रत्न खत्री र आम जनताबीच प्रत्यक्ष अन्तरक्रिया हुने गरि एमालेले जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सुरुवात गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानीबाट यो कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य खत्रीले निर्वाचनको समयमा जनताबीच गरिएका प्रतिवद्धता कार्यान्वयन भईसकेको दावी गर्नु भयो ।
कार्यक्रम अन्तर्गत एकदिनमा एउटा वडाका विभिन्न वस्तीमा जनता र प्रदेशसभा सदस्यबीच दोहोरो संवाद र अन्तरक्रिया हुने उहाँले जानकारी दिनु भयो ।
खत्रीले निर्वाचन सम्पन्न भएको एकबर्षको समीक्षा गर्न जनताबीच पुगेको बताउनुभयो । बैजनाथ पछि खजुराका वडा नम्बर ५, ६, ७ र ८ मा पनि यो कार्यक्रम सञ्चालन हुने भएको छ ।
पार्टी कार्यकर्ता र आम जनतासँग निर्वाचनको समयमा गरिएको प्रतिवद्धता कार्यान्वयन भए नभएको बिषयमा आम जनतासँग साक्षात्कारका लागि कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...