• बिहीबार, २६ माघ, २०७९
  • ०९:३०:५३
  • नेपालीको अभिमत

कारोबार

एकैदिन दिन ७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपालमत

शुक्रबार, ६ माघ, २०७९

काठमाडौं- शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।

यो सँगै प्रतितोला छापावल सुन १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved