एप्पलको आइफोन १४ बुधबार लञ्च भएको छ । क्यालिफोर्नियामा क्युपर्टिनोमा आईफोन १४ सिरिज सार्वजनिक गरिएको हो ।
एप्पलले यस पटक आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र १४ प्रो म्याक्स लञ्च गरेको हो । यसैगरी, कम्पनीले सीरीज ८ को घडी पनि सार्वजनिक गरेको छ ।
आईफोन १४ र आईफोन १४ प्लसमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी स्टोरेज छ । ६.१ इंच र १७२ ग्रामको आईफोन १४ को मूल्य ७९९ डलर भन्दा माथि पर्दछ । आईफोन १४ का फिचरहरुमा सुपर रेटिना एक्सटिआर डिस्प्ले, १२ एमपीसहितको ब्याक र फ्रण्ट कयामरा, सीपीयु ए १५ बायोनिक चिप, रेजोल्युशन २५३२/११०, आईओएस १६ रहेका छन् ।
आईफोन १४ मिडनाइट, पर्पल स्टारलाईट, प्रोडक्ट रेड र निलो रंगमा उपलब्ध छ । यसमा डुयल सिम जसमा न्यानो र ई सिम लगाउन सकिन्छ । आईफोन १४ बाट ४ के सहितको भिडियो रेकर्ड गर्न सकिन्छ । यस्तै सेफ्टि फिचर्समा इमरजेन्सी एसओएस र क्रयास डिटेक्सन छ ।
आईफोन १४ प्लसका के छन् विशेषता ?
यसैगरी,आईफोन १४ प्लस किन्नकालागि ८९९ डलर भन्दा धेरै खर्चिनु पर्नेछ । ६।७ इंचको आईफोन १४ प्लसको वजन २०३ ग्राम छ । यसको रेजोल्युशन २७७८र१२८४ रहेको छ । यसका अन्य फिचरहरु आईफोन १४ सँग मेल खान्छ ।
कतिपर्छ आईफोन १४ प्रो र आईफोन प्रो म्याक्सको मूल्य ?
यस्तै, आईफोन १४ प्रोमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टिबी स्टोरेज रहेको छ । यसको मूल्य ९९९ डलरदेखि सुरु हुन्छ । यसको फण्ट क्यामेरा १२ एमपी र ब्याक क्यामरा ४८ एमपीको छ जसको वजन २०६ ग्राम छ । आईफोन १४ प्रोको वजन २०६ ग्राम छ भने स्क्रिन ६.१ इंचको छ । यसको रेजोल्युसन २५५६/११७९ रहेको छ । यो स्पेस ब्ल्याक, सिल्भर, गोल्डर डिप पर्पल गरी चार रंगमा उपलब्ध छ ।
आईफोन प्रो म्याक्समा १२८ जीबीको क्षमता रहेको छ । यसको मूल्य एक हजार ९९ डलर भन्दा धेरै पर्नेछ । ६।७ इंचको सिक्रन र २४० ग्राम भएको आईफोन १४ प्रोका अन्य फिचर आईफोन १४ जस्तै रहेका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...