काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अङ्कले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब शून्य आठ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ६७ मा सीमित भएको छ । कूल दुई सय २३ कम्पनीको ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर रु एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै वृद्धि भएको छ । सो उपसमूहको मूल्यमा शून्य दशमलव शून्य सात अङ्कले वृद्धि भयो । बैंकिङ तीन दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ११, होटल तथा पर्यटन ५० दशमलव शून्य एक, विकास बैंक ५७ दशमलव ३३, जलविद्युत् ३१ दशमलव ७८, वित्त ४० दशमलव १७, निर्जीवन बीमा ६३ दशमलव ७८, उत्पादन ८२ दशमलव १८, अन्य ३० दशमलव नौ, लघुवित्त ३३ दशमलव ९४, जीवन बीमा ६७ दशमलव ८२ र लगानी एक दशमलव २४ अङ्कले ओरालो लागेको छ ।
आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १० अर्ब ४२ करोड ८१ लाख छ हजार पाँच सय ७३ बराबर कायम भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड २७ लाख ९४ हजार सात सय ३७ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड १२ लाख १५ हजार एक सय ९२, नेष्डो समृद्धि लघुवित्त रु पाँच करोड ४६ लाख ९७ हजार पाँच सय ९२, हिमालयन एभरेष्ट इन्स्योरेन्स रु चार करोड ६१ लाख ५१ हजार चार सय चार र नबिल बैंक रु चार करोड ५१ लाख १५ हजार तीन सय ५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव ९८, एनआइसी एशिया सेलेक्ट फण्ड चार दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी तीन दशमलव ८२ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले कमाएका छन् । युनिलिभर नेपाल आठ दशमलव २३, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ५६, हिमालयन एभरेष्ट इन्स्योरेन्स पाँच दशमलव ९४, समृद्धि फाइनान्स कम्पनी चार दशमलव ९७, सामलिङ पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...