काठमाडौं- बिहीबार शेयर बजारमा भारी अंकको पहिरो गएको छ ।
नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज ४५.२५ अंकले घटेर १८४८.२८ को बिन्दुमा झरेको छ ।
यस दिन २३७ स्टकको ३३ हजार ४६० पटकको कारोबारमा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको ५० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट...
काठमाडौं- सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ९५ अंकले बढेको नेप्से आज २३.८५ अंकले ओरालो लागेर १९३३.१३ को बिन्दुमा झरेको छ । कारोबारमा...
काठमाडौं- चालु आर्थिक बर्षको पहिलो ११ महिनामा १६ अर्ब २१ करोड बराबरको फलफूल आयात भएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै स्याउ भित्रिरुएको छ । विभागका...
काठमाडौं- नेपालबाट भारत दैनिक रु १२ करोड बराबरको बिजुली निर्यात हुने गरेको छ । हाल वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको...
काठमाडौं– आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ९७ हजार...