ताजा

  • मंगलबार, १४ असार, २०७९
  • १८:३९:००
  • नेपालीको अभिमत

कारोबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालमत

आइतबार, ५ असार, २०७९

काठमाडौं- आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

गत शुक्रबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

गत प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal