काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ ।
प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यो फोन बजारमा ल्याइएको हो ।
शाओमी १२ प्रोमा ५० एमपी मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा र स्न्यापड्रागन जेन १ प्रोसेसर रहेको छ ।
शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ । चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस्, केसम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने ५० एमपी वाइड एंगल मुख्य क्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामेराले ५० एमपीको मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुका साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिन्छ ।
यसको फेस अटो फोकस र आइ अटो फोकस पनि पहिलाको मोडलहरु भन्दा अझै सुधारिएको छ । यसमा भएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अध्याँरोमा पनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ ।
यसको साथै यसमा भएको वान क्लिक सिनेमा फिचरमा प्यारालल वल्र्ड, फ्रिज फ्रेम भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामथ्र्य राख्छन् ।
यो १२ जिबीं २५६ जिबिको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ र यसको मूल्य रु १ लाख १४ हजार ९९९ रहेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...