काठमाडौं– सामसुङ्गले नेपालमा ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ं र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएको छ।
बुधबार एक कार्यक्रम गर्दै ग्यालेक्सी एस २२ ले यी तीन सिरिजहरू बजारमा ल्याएको हो।
ग्यालेक्सी एस २२ सिरिजले सामुसङ्गको हालसम्मकै सबैभन्दा टिकाउ मोबाइल रहेको दाबी गरेको छ। ग्यालेक्सी एस २२ र एस २२ं पहिलो एस सिरिजको मोडलहरु हुन् जुन सबैभन्दा बलियो आल्मुनियम फ्रेम आरमोर आल्मुनियमबाट बनेको छ।
ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ।
यसभित्र रहेको एस पेन छिटो, सर्वाधिक रेस्पोन्सिभ एस पेन हो। ७० प्रतिशत कम बिलम्बताका साथ एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सकिनेछ। यसमा हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २.४ युएम पिक्सल सेन्सर राखिएको छ ।
ग्यालेक्सी एस २२ं र एस २२ दुवैमा ५० मेगा पिक्सलको मुख्य क्यामरा जडित छ भने ३० गुणा स्पेस जूम भएको १० मेगा पिक्सलको टेलिफोटो लेक्स र १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स पनि छ।
ग्यालेक्सी एस २२ अल्ट्राको शक्तिशाली ब्याट्रीमा चल्ने पावर एक पटकको चार्जबाटै दिनभरी भन्दा बढी चल्ने क्षमता राख्ने कम्पनीले उल्लेख गरेको छ।
ग्यालेक्सी एस २२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, डाइनामिक एमोलेड २ एक्स डिस्प्लेका साथ उपलब्ध छ, जसले हरेक चिजलाई विस्तारपूर्वक जीवन्त बनाउन १७५० निट्सको उज्यालोपन दिन्छ। ग्यालेक्सी एस २२ र एस २२ं डाइनामिक एमोलेड २ एक्स डिस्प्लेका साथ उपलब्ध छ, जुन गेमिङ्ग र हेर्नका लागि डिजाइन गरिएको छ। ग्यालेक्सी एस २२ मा प्रिमियम ६.१ इन्च डिस्प्ले छ भनें ग्यालेक्सी एस २२ं मा स्पोर्टस् ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ। ग्यालेक्सी एस २२ ले १३०० निट्सको उज्यालोपना प्रदान गर्छ भनें ग्यालेक्सी एस २२ं मा १७५० निट्सको रहेको छ।
फोनसंगै १ वर्षसम्मको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध रहेको छ। यसकासाथै हरेक महिना ६ हजार ३०० रूपैयाँको इएमआइ र शून्य प्रतिशत ५ डाउन पेमेन्टमा पनि फोन उपलब्ध छ। सामसुङ्गले १५ हजार रूपैयाँसम्मको ग्योलेक्सीको उपहारहरू पनि फोन संगै प्रदान गर्ने भएको छ।
कम्पनीले ‘ग्यालेक्सी एस २२ अल्ट्रा’ १२ जीबी र्यामसहित ५ सय १२ जीबी स्टोरेज क्षमताको मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ तोकेको छ भने २ सय ५६ क्षमताको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम गरेको छ।
यसैगरी, ग्यालेक्सी एस २२ प्लस ८ जीबी र्याम र २५६ जीबी रोमको बजारमूल्य १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ पर्छ। सामसुङ्ग ग्यालेक्सी एस २२ १ लाख १२ हजार ९ सय ९९ रुपैयाँमा बजारमा उपलब्ध छ। यस फोनमा ८ जीबी र्याम र २५६ जीबी रोम जडान गरिएको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...