काठमाडौं– जापनिज टु ह्विलर निर्माता यामाहाले दुईवटा फ्यूल ट्यांक भएको नयाँ अफरोड एड्भेन्चर बाइक सार्बजनिक गरेको छ ।
हाल बजारमा कारोबार भैरहेको टेनरी ७०० लाई अपग्रेड गरेर टेनरी ७०० वल्र्ड रेइड सार्वजनिक गरेको हो । यो नयाँ बाइकको दुबै साइडमा फ्यूल ट्यांक जडान गरिएको छ ।
लामो दुरीको यात्रामा सहजता प्रदान गर्न यसको दुइवटा फ्यूल ट्यांकमा २३ लिटर पेट्रोल अट्ने स्पेश रहेकोछ । जुन रेगुलर मोडलको तुलनामा ७ लिटरले बढी हो ।
एकपटक इन्धन भरेपछि यो बाइकले ५ सय किलोमिटरसम्मको यात्रा तय गर्ने जनाइएको छ ।
डुअल फ्यूल ट्याँकसंग म्याच गर्नेगरी फराकिलो प्रोफाइल सहितको ८९० एमएमको दुई वटा सिट दिइएको छ ।
यो बाइकमा थप गरिएको अर्को महत्वपूर्ण फिचर्स यसमा दिइएको इन्स्ट्रुमेन्ट कन्सोल हो । ५ इन्च कलर टिएफटी कन्सोलमा स्मार्टफोन कनेक्टिभिटी सुबिधा दिइएको छ ।
जहाँ म्यूजिक र नेभिगेसन कन्ट्रोलको सुबिधा भने उपलब्ध गराइएको छैन । यो बाइकमाा दिइएको एबिएसलाई राइडरले सडकको अबस्था र आफ्नो आबश्यकता अनुसार भिन्न ३ तरिकाले सेट गर्न सक्नेछन् ।
रेगुल मोडलमा उपलब्ध गराइएको ६८९ सिसी प्यारलल ट्विन सिपी२ इन्जिन जडान गरिएको यसले ७२.४ बिएचपी पावर र ६८ एनएम टर्क जेनेरेट गर्नेछ ।
तत्कालका लागी यो बाइक बेलायत र युरोप मात्र बिक्री गरिने जनाइएको छ । बेलायतमा यसको मुल्य ११ हजार ६ सय पाउन्ड निर्धारण गरिएको छ ।– आजको अर्थ
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...