काठमाडौं- नेपाली बजारमा हिरो एक्सपल्स २०० ४भी भित्रिएको छ ।
नेपालको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले हाल परीक्षणको लागि यो मोटरसाइकल भित्र्याएको र फागुनको मध्यदेखि यसको औपचारिक बिक्री प्रारम्भ गरिने बताएको छ ।
हाल नेपाली बजारमा एक्सपल्स २०० को मूल्य ४ लाख ३ हजार ५ सय रुपैयाँ छ ।
नेपाली बजारमा अब उपलब्ध हुने एक्सपल्स २०० ४भीको मूल्य पछि नै तोकिने छ ।
यद्यपि यसको मूल्य करिब ४ लाख ८० हजारको हाराहारी हुने अनुमान गर्न सकिन्छ ।
भारतमा यसको मूल्य १ लाख ३० हजार भारु छ ।
नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो ।
हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।
इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...