काठमाडौं– नेपालमा केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले एड्भेन्चर बाइक भित्र्याएको छ ।
बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल ट्रेडिङले टीआरके मोटरसाइकल नेपाल भित्र्याएको हो ।
यूरो ६ मापदण्डको यो मोटरसाइकलमा २४९ सीसीको सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्वयुक्त नयाँ जेनेरेसनको ईएफआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २५.५ एचपी र टर्क २१.१ एनएम रहेको छ । ६ स्पीड गियरबक्स दिइएको यो बाइकको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । साथै वेट मल्टिप्लेट क्लच जडान गरिएको यो बाइकमा स्टिल ट्युव ट्रेलिस च्यासिस दिइएको छ ।
डुअल एबीएस सहितको फोर क्लिपर डिस्क ब्रेक जडान गरिएको टीआरके २५१ मा राइडरले आफू अनुकूल तल माथि गर्न मिल्ने इन्भर्टेड फ्रन्ट फोर्क्स सस्पेन्सन दिइएको छ ।
सेतो, कालो र रातो कलरमा उपलब्ध यो बाइकमा लामो यात्रा गर्न सहज हुने गरी १८ लिटर क्षमताको फ्यूल ट्यांक जडान गरिएको छ ।
नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...