• बिहीबार, ६ माघ, २०७८
  • १०:३३:०६

लगातार तेश्रोदिन ओरालो लाग्यो सुनको भाउ

  • नेपालमत
  • बिहीबार, ९ मङ्सिर, २०७८- ११:४३:००/ Thursday 11-25-21

काठमाडौं–  नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागेको छ । बिहिबार पनि सुनको मूल्य प्रतितोला १ सय रुपौयाँले ओरालो लागेको हो । 

हिजो बुधबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।