मुगु–मुगुमा बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । प्रहरीका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्धार गरी उपचारको क्रममा लैजानेक्रममा मृत्यु भएको हो ।
रारा मध्यवर्ती क्षेत्रका अध्यक्ष बलराम साहानीले मृत्यु हुनेमा बसका चालक दलबहादुर रावल, सन्तोष बितालु, नविन बुढालगायत भएको जानकारी दिनु हुँदै मृत्यु हुनेमा आठ–दश वर्षको एक बालक पनि भएको बताउनु भएको छ ।
मृत्यु हुने अधिकांश काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा अध्ययनरत विद्यार्थी छन् । दशैँ मनाउँन घर आउने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका बताइएको छ । उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको बताइएको छ ।
घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो ।
बसमा ३९ जना यात्रु रहेका थिए । मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ । शवको सनाखत गरेपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।
र, याे पनि
मुगु दुर्घटना अपडेटः १४ घाइतेलाई हेलिकप्टर र विमानबाट उपचारको लागि नेपालगञ्ज लगियो
मुगुमा बस दुर्घटनामा परी २३ जनाको मृत्यु
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...