ताजा

  • आइतबार, २२ असार, २०८२
  • १७:५८:४४
  • नेपालीको अभिमत

समाचार / विविध

मुगुमा बस दुर्घटनामा परी २३ जनाको मृत्यु

नेपालमत

मंगलबार, २६ असोज, २०७८

मुगु–मुगुमा बस दुर्घटना परी २३ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो २ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले बताउनु भएको छ ।  १० जना भन्दा धेरै घाइते छन् । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको मृत्यु भएकाे छ । 

बस दुर्घटना बारेको पूर्ण विवरण नआइसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको खटिएका छन् ।  अहिले घाइतेहरुको उद्दार गरी मुगुको जिल्ला अस्पताल तथा सुर्खेतको अस्पतालमा ल्याउने काम भइरहेको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved