• सोमबार, १ कार्तिक, २०७८
  • ०१:०५:१७

मुगु दुर्घटना अपडेटः १४ घाइतेलाई हेलिकप्टर र विमानबाट उपचारको लागि नेपालगञ्ज लगियो

  • नेपालमत
  • मंगलबार, २६ असोज, २०७८- १६:५५:००/ Tuesday 10-12-21

मुगु–मुगुमा बस दुर्घटनामा परी घाइते भएका १४ जनलाई उपचारको लागि हेलिकप्टर र जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ । 

दुर्घटनामा परी घाइते भएकामध्ये १२ जनालाई ताल्चा विमानस्थलबाट  समिट एयरको विमानमार्फत र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताउनु भएको छ ।

घाइतेमध्ये एक जनालाई आफन्तले जिल्ला अस्पताल गमगढी लगेका छन् । दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।  सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको थियो ।  

र, याे पनि

मुगुमा बस दुर्घटनामा परी २३ जनाको मृत्यु

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई nepalmatnews@gmail.com मा इमेल पठाउनु होला।