• बुधबार, १२ बैशाख, २०८१
  • १६:३५:३५
  • नेपालीको अभिमत

अनौठो

चिकेन बर्गरभित्र मानिसको औंला भेटिए पछि....

नेपालमत

शुक्रबार, १ असोज, २०७८

एजेन्सी– चिकेन बर्गरभित्र मानिसको औंला भेटिए पछि रेष्टुरेन्ट अस्थायी रुपमा बन्द गरीएको छ ।  बोलिभियाकाे  एक फास्ट फुड रेष्टुरेन्टमा बर्गर खान गएकी त्यहि  बस्ने इस्टेफनी बेनिटेजले बर्गरमा मानिसको औंला भेट्नु भएको थियो । 

बर्गरको पहिलो बाइट लिँदा इस्टेफनीलाइ केही कडा चिज महसुस भएपछि हेर्दा चिकेन बर्गरभित्र मानिसको औंला भेटिएको न्यूयोर्क पोस्टले जनाएको छ । 

यो घटनाबारे इस्टेफनीले फेसबुकमा जानकारी दिदै उक्त घटना गत आइतबार भएको उल्लेख गर्नुभएको छ  ।

यस बारे उहाँले रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताउनुभएको छ । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइएको छ । 

पोस्ट सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु काट्ने बेला उनका एक कर्मचारीको चोरी औंला काटिएको जानकारी दिनुभयो ।  

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved