• सोमबार, १७ बैशाख, २०८१
  • ०८:५२:२९
  • नेपालीको अभिमत

अनौठो

मंगल ग्रहमा ७ हजार किलो मानव फोहर

एजेन्सी

मंगलबार, ११ असोज, २०७९

मानिसजातिले  मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ ।

करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३० सम्ममा नासाले पहिलो पटक त्यहाँ मानव मिसन पठाउने आशा राखेको छ । 

मानवले मंगल ग्रहमा पाइला टेक्न अझै धेरै टाढा भए पनि रातो ग्रहलाई फोहोर फाल्ने र यसलाई पृथ्वीजस्तै बनाउने प्रयासमा हामी पछि परेका छैनौं । 

वेस्ट भर्जिनिया युनिभर्सिटीमा रोबोटिक्समा पोस्टडक्टोरल रिसर्च फेलो काग्री किलिकका अनुसार ‘मानिसहरूले गरेको साहसिक रोबोट अन्वेषणले रातो ग्रहमा ७ हजार ११८ दशमलब ६ किलोभन्दा बढी मानव फोहोर छोडिसकेको छ ।’

यो अनुमानमा पुग्नको लागि सबै मार्स रोभर र अर्बिटरहरूको द्रव्यमान विश्लेषण गरिएको थियो । संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष मामिला कार्यालयका अनुसार विभिन्न राष्ट्रहरूले १४ वटा विभिन्न अभियानमा मंगल ग्रहमा १८ मानव निर्मित अन्तरिक्ष यान पठाएका छन् । 

नासाले सन् २०२२ को अगस्टको मध्यमा पर्सेभेरेन्स मार्स रोभरले अवतरणपछि फ्याँकिएको फोहोरको टुक्रा फेला पारेको घोषणा गरेको थियो ।

अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा फोहोर फेला पारेको यो पहिलो पटक होइन । त्यहाँ फोहोरको फोहोर पर्याप्त मात्रामा रहेको बताइएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved