एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् ।
उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेका थिए । ६३ वर्षीय अबु अब्दुल्लालाई ‘शताब्दीको बहुविवाहक’ उपनाम दिइएको छ ।
हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन् ।
‘जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाइन किनकी म आनन्दित थिए’, उनले अगाडि भने, ‘तर, केही समयपछि समस्या देखियो । २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरे र मेरो निर्णय श्रीमतीलाई सुनाए ।’
गल्फ न्यूजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा भयो । यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए । अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो ।
‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे । पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे । उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने । उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको...
लुइस भितनका मालिक बर्नार्ड अर्नाल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्ड अघि देखिएका छन् । अर्नाल्टको हालको...
एकै दिनमा सबैभन्दा धेरै बार भ्रमण गरेर मेलबर्नस्थित दक्षिण अफ्रिकी मूल निवासीले गिनिज वल्र्ड रेकर्ड कायम गरेका छन् । २४ घण्टाको एपिक पब क्रलमार्फत विभिन्न स्थानमा...
मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ । करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३०...
अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा चोरेको जहाज घण्टौंसम्म आकाशमा घुमाएर जानीजानी दुर्घटना गराउन धम्की दिने पाइलटलाई हिरासतमा लिइएको छ । सहरको वालमार्ट स्टोरमा जानीजानी दुर्घटना गराउन...