• बिहीबार, १३ बैशाख, २०८१
  • २१:५८:५५
  • नेपालीको अभिमत

अनौठो

दाङमा माछाले टोक्दा मानिसको मृत्यु !

नेपालमत

शनिबार, १९ भदौ, २०७८

दाङ- दाङको लमहीमा अढाई जातको माछाले टोक्दा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षीय खिमबहादुर घर्तीको अढाई माछाले टोकेपछि उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजेतिर घर नजिकैको कुलोमा अढाई माछा छोपेर माछाको टाउको थिच्ने क्रममा माछाले घर्तीलाई टोकेको थियो । माछालाई टाउकोमा घाइते बनाइ प्लास्टिकमा राखेको केही बेरपछि घर्ती एक्कासी बेहोस भएको र उपचारको लागि लमही अस्पतालमा पुर्याइएकोमा पछि मृत्यु भएको हो ।

घर्ती दम्पत्ति खाना खाएर दिउँसोको समयमा माछा मार्न घर नजिकैको कुलोमा  पुगेका थिए । विस्तृत कारण भने पोष्टमार्टम पछि खुल्ने छ । घर्तीको शव पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved