ताजा

  • आइतबार, २२ असार, २०८२
  • ०६:३९:२३
  • नेपालीको अभिमत

अनौठो

स्वीट्जरल्यान्डमा हेलिकप्टरबाट गाईको उद्धार (फोटो)

नेपालमत

सोमबार, १४ भदौ, २०७८

काठमाडौं–गाई नेपालको राष्ट्रिय जनवार हो । अझ हिन्दुहरुको बाहुल्यता रहेको नेपालमा गाईको महत्व झनै बढी छ । तेत्तीसकोटी देवताको प्रतीकको रुपमा पनि लिइन्छ । ग्रामिण क्षेत्रमा गाई नपालिएको घर बिरलै भेटिन्छ । गाईको गाइको गौंत, गोबर, दही, दुध र घ्यु हिन्दुहरुका प्रत्येक कर्मकाण्डमा महत्वपूर्ण मानिन्छ । 

हिन्दु धर्मलम्बिहरुको लागि गाई अति महत्वपूर्ण छ । भगवान लक्ष्मीको रुपमा लिइने गाई नेपालमा काटेको अभियोगमा पक्राउ परेका समाचारहरु आइरहन्छ । केही समयअघि सडकमा छाडा छाडिएका गाईहरु भीरबाट खसाले मारेको समाचारहरु पनि आएका थिए । अहिले पनि दुहुनो गाई भए घर पाल्ने र दुध दिन छाडेपछि वेवारिसे रुपमा छाडिदिने चलन छ ।  नेपाली समाजमा गाईको महत्व अथाहा भएपनि व्यवाहारिक रुपमा लिएको पाइँदैन् । 

तर, स्वीट्जरल्यान्डको पहाडी क्षेत्रमा चर्न गएका केही थान गाई बिरामी हुँदा पनि हेलिकप्टरबाट उद्धार गरिएको छ । हेलिकप्टरबाट उद्धार गरिएका गाईको फोटाहरु अहिले समाजिक सञ्जालमा भाइरल बनेका छन् । नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि स्वीट्जरल्यान्ड  सरकारलाई धन्यवाद दिँदै नेपाल सरकारलाई केही सिक्न सुझाव दिएका छन् । पशुपालन अनि कृषिलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाई घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो । घाइते भएपछि हिँडेर तल झर्न नसक्ने १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको  थियो । 

फोटो

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved