नेपालगन्ज - प्रादेशिक महोत्सव नेपालगन्जमा हिमाली र पहाडी जिल्लाका अर्गानिक खाद्यवस्तु ग्राहकको आकर्षणमा परेका छन् ।
अर्गानिक कोसेली फुड इन्डष्ट्रिज प्रा.लि.की सञ्चालक इन्दिरा शाही ड्राइफुड मिश्रित सातु किन्ने ग्राहक बढी आउने गरेका छन् । उनको पसलमा हिमाली र पहाडी भेगका खाद्यान्न वस्तु, लसुन, खुर्सानी, डल्ले खुर्सानी, टिमुरको छोप, सेलरोटी, जुम्ली अर्सा बिक्री भइरहेको छ । सञ्चालक शाही भन्छिन्, ‘दैनिक औसत दश हजार रुपैयाँ बराबरको बिक्री भइरहेको छ ।’
महोत्सवको स्टलभित्र प्रवेश गर्ने वित्तिकै पैचो पसलको स्टल भेटिन्छ । यो स्टलको बसे पनि शहर, गाउँकै खाने रहर नारा लेखिएको छ । पैंचोमा स्वदेशी उत्पादनका धेरै खाद्य वस्तुहरु राखिएका छन् । जहाँ लुम्बिनी प्रदेशका पहाड र तराईका खाद्य वस्तुमा आधारित खाद्यवस्तु रहेका छन् ।
मीठो छ फुड प्रा.लि.की सविता शाह फिनी, सेलरोटी, खुर्मा लगायतका खाद्य वस्तुमा ग्राहकको आकर्षण भइरहेको बताउँछिन् । उनको पसलमा दैनिक चार हजार रुपैयाँ बराबरको बिक्री भइरहेको बताउँछिन् ।
नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बम फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नोको बिक्री बढिरहेको बताउँछिन् । उनको पसलमा ओखर, टिमूर, जिम्मु, च्याउ, सिन्कीलगायतका उत्पादन पनि रहेका छन् ।
हुम्लाको चंखेलीको घट्टेखोला मौरीपालन व्यवसायिक फर्मका हरिलाल बुढाले पनि सिमी, कोदो, चिनो, हाडे ओखर, भीर मौरीको मह बिक्रीमा राखिएको छ ।
बर्दियाको मधुवन ८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग बढी रहेको बताउँछिन् । उनको पसलमा चिप्स, दालमोठ, कुरकुरे, चना, केराउका उत्पादन स्टलमा राखिएका छन् ।
रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको पसलमा पनि जुम्ला, कालिकोट र बर्दियाका अर्गानिक खाद्य वस्तु स्टलमा राखिएका छन् । कोदो र फापरको पिठोमा बढी आकर्षण रहेको उनी बताउँछिन् ।
नेपालगन्ज २ बागेश्वरी टोलको आन्टीको अचार स्टलमा बयरको अचार, अकबरेको अचार, आँपको अचार, लप्सीको अचार, टिमुरको चटनी, सिध्रा, चिकन र बफ अचारहरु राखिएका छन् ।
महोत्सवका तथ्याङ्क व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा दैैनिक चौध पन्ध्र हजार रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । संयोजक ढकाल पनि अर्र्गानिक खाद्यवस्तुका स्टलमा बढी बिक्री भइरहेको बताउँछन् । संघका प्रथम उपाध्यक्ष तथा प्रादेशिक महोत्सवका स्टल बुकिङ समितिका संयोजक चिरञ्जीवी ओलीका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका खाद्य वस्तुका स्टलमा अर्गानिक खाद्यवस्तु किन्नेको घुँइचो छ ।
महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न खाद्य वस्तु लगायतका ३०० बढी स्टलहरु छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब...
अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक...
कालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी...
अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस...
तपाईंले ओलम्पिक, क्रिकेट, फुटबल, दौड देख्नुभएको होला तर के तपाईंले कहिल्यै ‘स्पर्म रेस’ सुन्नुभएको छ ? र त्यो पनि स्टेडियममा हजारौं मानिसहरूको अगाडि लाइभ कमेन्टरी सहित...