भैरहवा - तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ।
बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आए पनि सोमबार देखि भने शीतलहर चल्न थालेको र बुधबार पनि चिसो अत्यधिक बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अबको केहीदिन सम्म तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने र सो समयमा दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएको छ । चिसोबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ। चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।
शीतलहर सुरु भएसंगै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन स्थानीयवासीहरुलाई आग्रह गरेका छन । चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र तथा समुदाय पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चाल्ने उनले जानकारी दिए ।
यसैगरी भिम अस्पतालका सुचना अधिकारी डा. आरिफ हुसेनले चिसोको कारणले धेरै जसो बालबालिकाहरुमा रुघाखोकी, छातीको इन्फेक्सन, निमोनिया, रुघाखोकी साथसाथै बान्ता आउने, ज्वरो आउनु, पेट दुख्नु लगायत विभिन्न समस्याहरु देखा पर्दछ, जुन अत्याधिक चिसो भए पछि देखिने लक्षणहरु हुन् ।
यस्ता लक्षणहरु देखिएमा बच्चाहरुलाई आफैले औषधि किनेर खुवाउनु भन्दा अस्पतालमा चिकित्सककाे परार्मशले मात्र औषधिहरु दिने गर्नु पर्छ । डा. हुसेन भन्छन, 'बाहिर पसलहरुबाट औषधि किने खुवाउँदा बच्चाहरु सिरियस हुने र निमोनिया अझ बढ्ने देखीन्छ ।' उनले जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पनि सुझाव दिए ।
जाडोको समयमा पानी कम खाने बानी हुँदा डिहाइड्रेसन बढ्न सक्ने भएकाले तातो पानी खानुपर्ने उनकाे सुझाव छ । चिसो अत्याधिक बढेकाले सबैमा सजकता अपनाउन डा. हुसेनले आग्रह गरेका छन्। (न्युजकारखानाबाट)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब...
अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक...
कालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी...
अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस...
तपाईंले ओलम्पिक, क्रिकेट, फुटबल, दौड देख्नुभएको होला तर के तपाईंले कहिल्यै ‘स्पर्म रेस’ सुन्नुभएको छ ? र त्यो पनि स्टेडियममा हजारौं मानिसहरूको अगाडि लाइभ कमेन्टरी सहित...