काठमाडौं - कवि एवं साहित्यकार रामबाबु दाहालको शब्द रचना रहेको प्रेमिल भावको गीत ‘सपनीमा’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ ।
बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो मा बबिना आफै फिचर्ड छिन् । गीतको एरेन्ज संजिव बराइलीले गरेका छन्, गीतमा सारङ्गीको धुन पनि उनैले भरेका छन् भने तवला भुवन गन्धर्वले बजाएका छन् । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्ड, मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो ।
वरिष्ठ गीतकार कालीप्रसाद रिजालको निवासमा एक संक्षिप्त समारोह विच सम्पन्न ‘सपनीमा’ प्रेमिल गीत सार्वजनिकरण समारोहमा प्रतिनीधिसभा सदस्य डा. रेखा यादव निर्झरले गीतकार रामबाबु दाहाललाई सम्मान गरेकी थिइन् । समारोहमा गायिका तथा संगीतकार बबिना भट्टराई, शोभा खनाल, बलराम महतो, संचारकर्मीहरु दीपा दाहाल, प्राची राय खनाल र आयुष दाहालको विशेष उपस्थिति रहेको थियो ।
समारोहमा बोल्दै कालीप्रसाद रिजालले भने ‘शब्द रचनामा जुन शक्ति सामथ्र्य हुन्छ स्वरले त्यसलाई मीठास र लालित्यले परिपूर्ण बनाउँछ । प्रस्तुत गीतमा त्यो भाव रहेको सहज अनुभुत हुन्छ । प्रेमिल भावको जीवन जगतको संवेगलाई ‘तिमी’ शब्दमा प्रतिकात्मक संज्ञामा रचित गीत सवै उमेर समुहकालाई कर्णप्रिय रहेको छ ।’
https://www.youtube.com/watch?v=PeQsCGYxuvc&t=2s
त्यसै गरि कवि, गीतकार तथा गजलकार ऋषि बस्ताकोटीले ‘सपनीमा’ बोलको प्रेमिल गीतका लागि गायिका तथा संगीतकार बबिना भट्टराई र गीतकार रामबाबु दाहाललाई हार्दिक बधाई तथा गीतको सफलताको लागि शुभकामना दिएका छन् । आँफूले गीतकार र श्रोताको हिसावले भन्नु पर्दा बबिना भट्टराई साधनामा तल्लिन, शब्द चयनमा ध्यान दिने, गायनमा शब्द र भावमा डुवेर गाउन सक्न खुवी भएकी गायिका र संगीतकार भएकी र ‘सपनीमा’ बोलको गीत श्रुति मीठासपूर्ण, प्रेमिल र चम्किन लायक गीत बनेको इमेज एफ.एम. ९७.९ मार्फत गीतको श्रव्य सार्वजनिकरणका क्रममा बताए ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।
भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...