लोक तथा देउडा गायिका सपना शाहीलाई भारतमा सम्मानित गरिएको छ ।
प्रवासी साझा मञ्च भारतले चण्डीगढमा आयोजना गरेको विशेष सांगितिक कार्यक्रममा शाहीलाई 'भारती इन्टरनेशनल म्युजिक अवार्ड - २०२४' बाट सम्मानित गरिएको हो ।
उहाँलाई देउडा गीत तर्फको 'फिमेल क्याटेगोरी' तर्फ यस्तो अवार्ड दिइएको हो । स्थायी घर बाँकेको कोहलपुरबाट पछिल्लो समय काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा व्यस्त गायिका शाहीको स्वरमा रहेको 'तीन चुलिका अग्ला शीर बोल'को देउडा गीतबाट उहाँलाई अवार्ड प्रदान गरिएको हो । उक्त गीतमा शब्द नेमबहादुर शाही र लय धिरेन्द्र शाहीको रहेको छ ।
अन्तराष्ट्रिय स्तरको अवार्डले आफुलाई अझ उत्साही बनाएको र जिम्मेवारी थपेको भन्दै संगीत क्षेत्रमा अझ बढि साधना गर्ने उहाँको भनाई छ ।
विभिन्न स्टेज शोहरुमा बाक्लै देखिने शाहीका झण्डै तीन दर्जन गीत रेकर्ड छन् । शाहीका लोकदोहोरी गीत 'रुन परेपछि' देउडा गीत 'तिनचुलिका अग्ला शीर', लोकदोहोरी गीत 'तिम्रो हेराई ज्यानमारा' लगायतका गीत बढि चर्चित छन् ।
चण्डीगढको अवार्ड कार्यक्रममा भाग लिन नेपालबाट झण्डै तीन दर्जन कलाकार पुगेका थिए । फरक-फरक विधामा उनीहरुलाई समेत सम्मानित गरिएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...