नेपालगंज - ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रसंशाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको कन्सर्ट आगामी फागुन २७ गते नेपालगंजमा हुने भएको छ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गतेदेखि नेपालगंज रंगशालामा हुने 'नेपाल कल्चर फेस्टिवल'को अवसर पारेर विशेष कन्सर्ट गर्न लागिएको फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।
दृष्टिविहिन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सवैको ध्यान तानेको छ । मेनुकाले नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिईन् । भारतीय गायन रियालिटि शो ‘सारेगमप’ मा समेत भाग लिएकी मेनुका पौडेलको चर्चा त्यतिवेला चुलियो, जव उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् ।
इन्डियल आयडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रसंशा गरे । उनीहरुले मेनुका पौडेलको गायकी र स्वरको प्रसंशा गर्दै भारतीय महान् गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् ।
इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ । यो विशेष कार्यक्रम लाई ‘लेट्स सिङ विथ मेनुका ´ (मेनुका सँगै गाऔं ! ) नाम दिइएको छ - शाहले भने - ‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य हो’ ।
बाद्यवादन टिम सहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहने कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट विक्री गरिनेछ भने अनलाइन वाट समेत किन्न सकिने आयोजकले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - २०८० को मदन मदन पुरस्कार मोहन मैनालीले पाएका छन् । मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय...
आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्ट र उनका...
काठमाडौँ - अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा बनेको फिल्म ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । वर्तमान प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको अभिनयका कारण चर्चामा रहेको...
काठमाडौँ - आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् । त्यस्तै...
काठमाडौँ - बलिवुडकी चर्चित गायिका अल्का याग्निकले आफुले अचानक कान सुन्न छोडेको जानकारी दिएपछि अहिले यो विषय चर्चामा रहेको छ । सामाजिक सञ्जालमार्फत आफुले कान सुन्न...