आसुँ एउटै, भाव फरक
त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन् ।
आँसुलाई माध्यम बनाउदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले । कतिको आखाँबाट बगिरहेको थियो, आत्मग्लानीको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए मातापितासँगको विछोडका आँसु ।
सबैको आखाँबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरु भने फरक फरक थिए । सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पिडा सम्बन्धी प्रस्तुतीले कतिपयले आफुले जानेर वा अन्जानमा उहाँप्रति गरेको व्यबहारलाई सम्झिएर आत्माग्लानीको आसुँ
बगाईरहेका थिए भने कतिले मातापितासँगको विछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोईरहेका थिए । कतिजना एक अर्कोलाई अंङकमाल गर्दै रोइरहेका थिए ।
आफ्नो मातृत्व र मातृभूमिप्रति सद्भाव र सम्मानले भरिएको थियो, उपस्थित सबैको आखाँ र मन । उक्त माहोल हो, मानवसेवा आश्रमले नेपालगंजमा बुधबार सम्पन्न गरेको आमा सेमिनारको । नेपालगंजमा आमा सेमिनार प्रस्तुत हुने हलमा त्यहाँको स्थानीयको बाक्लो उपस्थिति थियो । कुनै धमाकेदार र भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । शान्त र व्यबस्थित वाताबरणमा भएको बिल्कुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको जमघट भएको थियोे ।
उक्त कार्यक्रममा विगत १५ बर्षदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सन्देशमुलक र उत्प्रेरणात्मक कार्यक्रमहरुमा प्रस्तुति दिईसक्नुभएका मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले प्रस्तुति गर्नुभएको थियो । आमाको महिमा, पिडा र त्यागबारे उहाँको प्रस्तुतिले उपस्थित सबैका आखाँ रसाएका थिए ।
आमा सेमिनार किन ?
पछिल्लो समय आधुनिक जिवनशैलीसँगै नेपालको मौलिक संस्कृती र संस्कारमा समेत विकृति हावी हुँदै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तरार्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउँदै गएको छ । यस्तो विषम परिस्थितिमा मातृत्व र मातृभूमीप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ ।
मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभुमिप्रतिको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन – जनमा पुर्याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै कसैले पनि सडकपेटीमा वेवारिसे जीवन बिताउन पर्ने परिस्थिति सृजना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।
मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ ।
सोही लक्ष्य अनुरुप मानवसेवा आश्रमले २०६९ सालदेखि नै देशव्यापीरुपमा र २०७९ बैशाखदेखि नेपालगंज बाँकेमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ ।
मुठीदानबाट संचालित आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये ३५ जना पुरुष १२ जना महिला र ३ जना बालबालिका रहेका छन्।
(सापकोटा मानवसेवा आश्रामका बाँके जिल्ला संयोजक हुनुहुन्छ । उहाँलाई सम्पर्क गर्ने नम्बर ९८४३३४७६४५ हो ।)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब...
अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक...
कालिकोट - कर्णाली नदीको पारि, विकट र कच्ची सडकहरूलाई चिर्दै एउटा ट्याक्टर आइतबार राति आफ्नो गन्तव्यतर्फ अघि बढिरहेको थियो। पलाँता गाउँपालिका-९ को थिर्पुबाट निस्केको त्यो सानो सवारी...
अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले तापक्रम डेथ भ्याली स्तरमा पुग्ने छ’ भन्ने प्रसंग छ। यस...
तपाईंले ओलम्पिक, क्रिकेट, फुटबल, दौड देख्नुभएको होला तर के तपाईंले कहिल्यै ‘स्पर्म रेस’ सुन्नुभएको छ ? र त्यो पनि स्टेडियममा हजारौं मानिसहरूको अगाडि लाइभ कमेन्टरी सहित...