ताजा

  • बिहीबार, ३ श्रावण, २०८१
  • ०३:२४:३८
  • नेपालीको अभिमत

खेल

मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधि भित्रुवन आर्मीको पोल्टामा

नेपालमत

बुधबार, २२ कार्तिक, २०८०

कोहलपुर, बाँके - बाँकेको कोहलपुर नगरपालिका २ तेह्रविगाहमा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । 

बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २-० गोेल अन्तरमा हराउँदै उपाधि हात पारेको हो । त्रिभुवन आर्मीले प्रथम पुरस्कार ८ लाख नगद र चर्च व्वाईजले ४ लाख नगद रुपैयाँ पाएका छन् । 

त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आले मगरले म्यान अफ द म्याच उपाधि पाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ । 

यसैवीच कोहलपुर रेसिङ्ग सहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिएका छन् । आयोजकले उनलाई टिभिएसको एक सय २५ सिसिको स्कुटर प्रदान गरेर खेल जीवनबाट विदाइ गरेको छ । 

समापन कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन केन्द्रदेखि स्थानिय सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेको खेल संयोजक रामबहादुर मल्लले जनाएका छन् । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बुधबार, २२ कार्तिक, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved