नेपालगन्ज - नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को दूत नियुक्त भएका छन् ।
एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । ‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रर्वधन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ।’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन् –‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।‘
नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पुर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । एम्सको इतिहासमा पहिलोपटक जापानको ओसाकामा भएको २३औं वर्ल्ड कंग्रेसमा ठकुरीले नै भाग लिएका थिए । एम्सको दुतका रुपमा ठकुरीले एम्सको सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ । साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्ने र रनिङ समुदायमा हुने विवाद वा त्यस्ता बिषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नुपर्नेछ ।
एम्सको दुत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गरे । यसका लागि उनले सिंगो नेपालगन्जवासीप्रति आभार प्रकट गरे । ‘धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने राज्यका निकाय तथा प्राइभेट सेक्टर तथा समस्त सराकोरवाप्रति आभारी छु ।’ ठकुरीले भने–‘सिंगो नेपालगन्जवासीलाई धन्यवाद दिन चाहन्छु ।’
नेपालगन्ज म्याराथनको दशक यात्रा पुरा गर्ने क्रममा कर्णाली हाफ म्याराथन, नेपालगन्ज १० किमी नाइट रन, राप्तीसोनारी नेचर रन र गौघाट ग्रीन रनले आफ्नो यात्रा आरम्भ गरिसकेका छन् । बौद्धिक बहस गर्ने थलोका रुपमा नेपालगन्ज कनक्लेव समेत निरन्तर आयोजना हुँदै आएको छ ।
खेलकुद संस्कृति प्रवद्र्धनमा समर्पित भएका कारण इटालीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्स९फिक्ट्स०ले समेत यअसघि ठकुरीलाई नेपालका लागि दुत नियुक्त गरिसकेको छ ।
एम्स संसारभर एक सय बीस देशमा झण्डै साढे चार सय रेस आयोजकहरु सदस्य भएको विश्वव्यापी संरचना भएको संस्था हो । एम्सको हालै भियतनामको हनोईमा भएको २४औं वर्ल्ड कंग्रेसमा नेपालगन्ज म्याराथनले २५औं वर्ल्ड कंग्रेस नेपालमा आयोजना गर्नका लागि दाबी पेश गर्दा ६५ मत प्राप्त गर्न सफल भएको थियो । त्यसमा नर्वेको मिडनाइट सन म्याराथनले ८७ मत प्राप्त गरी वर्ल्ड कंग्रेस आयोजनाको अधिकार लिएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन् । पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै...
काठमाडौँ - अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै देशले कुनै गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । खेलको ११२औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो । यस खेलमा घाइते भएपछि लियोनेल...
काठमाडौं - फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि 'न्युट्रल भेन्यू'...
काठमाडौं - जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समुह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ । आइसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी-२०...
नेपालगञ्ज - बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र - छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता माघ ६ देखि...