काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले फेरि फायर खोलेका छन् ।
विवादास्पद अभिव्यक्तिबाट चर्चामा आइरहने बालेनले केहि साताको मौनता पछि आज सामाजिक सञ्जाल मार्फत् नेताहरुले देश नै बेच्न खोजिसकेको आरोप लगाएका छन् । बुधबार बेलुकी उनले नेताहरुले पूरै देश नै बेचे पनि काठमाडौँ भने एक्लो नेपाल भएर उभिने लेखेका छन् ।
उनले लेखेका छन्, ‘नेताज्यूहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईहरुले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिने छ ।’
मेयर साहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको भन्दै कसैको अपमान नगरेको प्रष्टिकरण दिएका छन् । मेयर्स फोरमको बैठक बहिष्कार गरेको भन्दै बालेनको आलोचना भैरहेका बेला यस्तो अभिव्यक्ति आएको हो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - टोखा नगरपालिकाको वडा नम्बर ६ मा नेपाल महिला संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व छानेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको चौथो वडा...
काठमाडौं - कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन...
काठमाडौं - नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुदैँछन् । पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन...