नेपालगञ्ज - कार्तिक २४ गते नेपालगञ्जमा ‘रक अन फेस्टिवल सेलिव्रेसन वीथ सुनिल सिंह ठकुरी’ कन्सर्ट हुने भएको छ ।
तिहारको मेसोमा हुन लागेको कन्सर्टमा स्थानीय ‘आवाज द ब्यान्ड’ को पनि प्रस्तुति रहने भएको छ । १० वर्ष अघि स्थापना भएको यो ब्यान्डमा प्रदिप जंग शाही, रिदम खड्गी, विशेष थापा लगायतले दर्शकलाई मनोरञ्जन गराउनेछन् ।
नेपालका चर्चित पप गायक सुनिल सिंह ठकुरीको पहिलो पटक आफनो गृह जिल्ला बाँकेमा ओपन कन्सर्ट हुन लागेको हो । रामलीला मैदानमा हुन लागेको ओपन कन्र्सटमा अन्य स्थानीय कलाकारको पनि प्रस्तुति रहने कन्सर्ट निर्देशक कमल खत्रीले जानकारी दिनुभएको छ ।
स्थानीय म्युजिक ब्यान्डको लाईभ प्रस्तुती, एकल तथा सामुहिक नृत्य लगायतका प्रस्तुती पनि हुने भएका छन् । उक्त दिन रामलीलाला मैदानमा फुड स्टल समेत राखिनेछ ।
कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्टमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको खत्रीको भनाई छ । गायक तथा संगीतकार समेत रहेका ठकुरीका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल ठकुरीको बसाई जापानमा छ ।
ठकुरीले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । ठकुरीले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो । उक्त गीत मार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रम गरी सम्मान गरेको हो। स्थापनाको...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैठौं च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । तीन दिनसम्म चलेको सम्मेलनको पहिलो दिनमा उद्घाटन सत्र राखिएको...
सुमधुर नयाँ गीत ‘तारा जुनैले’ सार्वजनिक भएको छ । प्रेम, आशा र वियोगको त्रिकोणात्मक भाव बोकेको यो गीतमा गायक ईश्वर सिंह र गायिका रितु कँडेलको...
काठमाडौं - सङ्गीतकार संघ नेपालको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई...
संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ ? यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ...