काठमाडौं- जिल्ला अदालत काठमाडौँले ललिता निवासको जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।
धरौटी रकम भने सबैको फरक फरक छ । धरौटी रकममा शिवजी भट्टसँग तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग रु सात लाख ५० हजार, कलाधर देउजासँग १५ लाख रहेको छ ।
त्यस्तै, घमनकुमार कार्कीसँग सात लाख ५० हजार, गोपाल कार्कीसँग सात लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग सात लाख ५० हजार, नारायणराज मिश्रसँग सात लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग सात लाख ५० हजार धरौटी माग गरेको हो ।
साथै, ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग एक लाख १० हजार, देवनारायण महर्जनसँग एक लाख १० हजार, सकलानन्द महर्जनसँग एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग एक लाख १० हजार र लोकरी घिमिरेसँग एक लाख ५० हजार रहेको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले...
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...