• शनिबार, १५ बैशाख, २०८१
  • १५:५८:१७
  • नेपालीको अभिमत

अपराध

दाङमा गोली हानेर महिला प्रहरीको हत्या

नेपालमत

बिहीबार, ३ फाल्गुण, २०८०

तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। 

घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। 

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई आफ्नै श्रीमान् प्रहरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको  छ।  

गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको दाङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो। झाक्री नेपालगञ्ज तालिम केन्द्रमा  कार्यरत प्रहरी रहेको बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, ३ फाल्गुण, २०८०

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved