ताजा

  • आइतबार, २९ असार, २०८२
  • १४:२७:२०
  • नेपालीको अभिमत

आहा नेपाल

मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

नेपालमत

बुधबार, २० भदौ, २०८०

महोत्तरी- मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र ९भदौ० कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने गरिएको हो ।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ÷नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन् । द्वापर युगमा मथुरा कारागारमा भदौ कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म माता देवकीको कोखबाट भएको थियो । श्रीकृष्ण हिन्दू परम्पराका आराध्यदेव श्रीविष्णुका १० मुख्य अवतारमध्येका आठौँ मानिनुहुन्छ । यो मान्यताले भदौ कृष्ण अष्टमीका दिन उल्लासमय वातावरणमा श्रीकृष्ण जन्मोत्सव मनाउने मैथिल परम्परा छ । 

श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि टेकिनासाथ (सुरु भएपछि) व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मनुभएको मान्यताअनुसार मङ्गलगान गर्दै व्रत समापन गर्ने परम्परा छ । पर्वमा बस्तीपिच्छेजस्तो स्थापित गरिएका श्रीकृष्ण प्रतिमामा अष्टमीको मध्यरात भएपछि आँखा खोलेर (माटाका मूर्तिमा आँखा कोट्याएर खोल्ने) जन्मोत्सव मनाइने चलन रहेको जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय बताउनुहुन्छ ।

जन्मोत्सवमा श्रीकृष्ण जन्मलीला नाटक प्रस्तुत गर्ने चलन छ । मथुरा (हाल भारतको उत्तरप्रदेशमा पर्ने प्रसिद्ध नगर) कारागारमा रहेका वासुदेव÷देवकीका आठौँ सन्तान मानिने श्रीकृष्ण जन्मनासाथ सबै सुरक्षाकर्मी लट्टिएर सुतेका र सो बेला सबै द्वार आफैँ खुलेका श्रीमद्भागवतमा वर्णन छ । मथुराका तत्कालीन राजा कंशको प्रहारबाट बचाउन राति नै वासुदेवले श्रीकृष्णलाई बोकेर गोकुल बस्तीका ग्वालराज नन्दकी रानी यशोदाको काखमा राखी दिएर त्यहाँ जन्मिएकी कन्या लिएर कारागार फर्केका शास्त्रीय कथा भन्ने, सुन्ने गरिन्छ ।

श्रीकृष्ण हिन्दू परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिनुहुन्छ । दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्द्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन् । मिथिलामा श्रीकृष्ण जन्माष्टमी मेला ९जात्रा० परम्परा छ । पर्व माटाका मूर्ति बनाउने पेसाका कुम्हाल र त्यो सीपका सर्वसाधारणका लागि आर्जनको अवसर पनि रहँदै आएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालमै पहिलोपटक दोलालघाटदेखि पचुवारघाटसम्म सुरु भयो रिभर ट्यूबिङ

    काठमाडौं - नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि...

  • नेपालमत

    आगामी सेप्टेम्बरबाट सगरमाथा यात्रा दस्तुरको शुल्क बढ्ने

    काठमाडौं - नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुर्याइएको छ, जो...

  • ‘नेपाल करी सेफ' गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

    काठमाडौँ - सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४' आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र...

  • नेपालमत

    राराको मुर्माटपमा रिसोर्ट सम्झौता महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका...

  • सात गैँडा डेरा सर्दै !

    चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved